काठमाडौं । सात वरिष्ठ सहसचिवहरूलाई पन्छाएर आठौं नम्बरका सहसचिवलाई सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक बनाएपछि उपप्रधानमन्त्रीसमेत रहेका प्रकाशमान सिंहले नेतृत्व गरेको सहरी विकास मन्त्रालयले जस्तो काम देखाउनुपर्ने थियो, अहिले त्यस्तै भइरहेको छ ।
आठौं नम्बरका सहसचिव मचाकाजी महर्जन सहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक पदमा नियुक्त भएपछि विभाग मातहतका केही आयोजनामा गम्भीर अनियमितता देखिन थालेको छ । महानिर्देशक महर्जन गत भदौ १० गतेसम्म विशेष भवन आयोजनाका आयोजना प्रमुख थिए । उनको मातहतमा संसद भवन बनिरहेको छ । संसद भवनको भिओ (भेरिअशन अर्डर) गर्ने बेलामा ५६ करोड रुपैयाँ विनाकारण र विनाआधार बढाइएको छ । जुन विषयमा राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरीरहेको छ । यही विषयमा सतर्कता केन्द्रले काजीलाई कार्यालयमै बोलाएर पटक–पटक सोधपुछ गरेको थियो । यिनै व्यक्तिलाई सहरी विकासमन्त्री सिंहले भवन विभागको महानिर्देशक जस्तो महत्वपूर्ण जिम्मेवारी सुम्पिए । यस नियुक्तिमा ठूलै आर्थिक लेनदेन भएको चर्चा विभागमा छ ।
कोशी प्रादेशिक अस्पतालका डाक्टर तथा कर्मचारीहरूका लागि विभागले आवास गृह बनाउने भएको छ । विभागले यसअघि नै कोशी अस्पतालको भवन निर्माण गरिरहेको छ । अस्पतालको निर्माण एकतिहाई पनि पूरा भएको छैन । यसमा भएको अनियमितताको विषयमा पनि अख्तियारले छानबिन गरीरहेको छ । यो भवन महर्जनको पालामा बनेको थिएन । अब महर्जनको पालामा कर्मचारीहरुको आवास गृह भवन निर्माण हुने भएको छ । यस आयोजनामा महर्जनले १० करोड भन्दा बढी रुपैयाँ आफ्नो भागमा पर्नेगरी सेटिङ गर्न सुरु गरेको स्रोत बताउँछ । यस कार्यक्रमका लागि विभागसँग अहिले ५ करोडमात्र वजेट छ । तर महर्जनले ५ करोडबाट ३ अर्ब रुपैयाँ बजेट बढाएर सीमित निर्माण व्यावसायीसँग मात्र प्रतिष्पर्धा गराइ सेटिङ गर्न चलखेल सुरु गरेका छन् । यस योजनालाई बहुवर्षीय योजना बनाइ विभाग मातहतको स्वास्थ्य भवन इकाइबाट स्वास्थ्य मन्त्रालयमा लैजान महर्जनले प्रस्ताव तयार बनाइसकेका छन् । स्वास्थ्य भवन इकाइमा अहिले दीपक श्रेष्ठ कार्यरत छन् ।
अब एक दुई दिनभित्रै स्वास्थ्यमा प्रस्ताव लैजाने तयारी भएको विभाग स्रोतले बतायो । त्यसपछि यो प्रस्ताव अर्थमा जाने छ । अर्थले सहमति दिएपछि प्रस्ताव पास गर्न बाटो खुला हुनेछ । अस्पतालको आवास गृह भएकाले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव जान लागेको हो । राज्यसँग स्रोत र साधन सीमित छ । यस्तो आर्थिक मन्दीमा पाँचतारे होटलसरह आवस्यकता भन्दा पनि बिलासिता प्रयोजनका लागि त्यती ठूलो भवन किन बनाउन लागियो ?’ भवन विभागकै एक उच्च इञ्जिनियरले प्रश्न गरे । जब कि, अहिले वजेट ५ करोडमात्र छ । ती इन्जिनियर भन्छन्–‘अस्पतालको भवन बनाउनु आवश्यकता थियो । तर आवश्यकता नहुँदानहुँदै आवास गृह बनाउन लागियो । जसको उद्देश्य हो, ठूलो बजेटको कार्यक्रम देखाएर ठूलो परिणाममा कमिसन लिनु । स्रोत भन्छ–यस योजनामा महानिर्देशक महर्जनको ठूलो चासो रहेको छ । स्रोतका अनुसार ५ करोडलाई ३ अर्ब पु¥याउन महर्जन आफैं सक्रिय भएर लागेका छन्् । संसद भवनमा भिओ गरेर ५६ करोड रुपैयाँ राज्यको ब्ययभार बढाएको आरोप खेपिरहेका महर्जनले ५ करोडबाट ३ अर्ब पु¥याउन अर्को चलखेल गरिरहेका छन् ।
महर्जनलाई बुझ्नेहरु भन्छन्–बाहिरबाट महर्जन सोझो जस्तो देखिए पनि सेटिङ मिलाउन, मन्त्री रिझाउन तथा आर्थिक चलखेल गर्ने काममा उनी धेरै अगाडि छन् । गएको भदौ १२ गते महर्जनले भवन विभागको महानिर्देशकको पद बहाली गरेका थिए । त्यसपछि उनी धेरैजसो समय विभागमा भन्दा मन्त्रीसँगको भेटघाटमा बिताउने गरेका छन । अहिले उनी अधिकांश समय मन्त्रीको कार्यकक्षमा देखिने गरेका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend