काठमाडौं, १४ बैशाख । आज दिउँसो २ बजे बस्ने भनिएको बैठक ५ बजे बस्ने भएको छ
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री केपी ओलीकाे व्यस्तताका कारण बैठक ५ बजे बस्न लागेको हो ।
कोरोना रोकथाम गर्न सरकारले जारी गरेको लकडाउनबारे निर्णय गर्न २ बजे बैठक बोलाइएको थियो ।
मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम(सिससएमसी)सँग छलफल गर्ने भएका छन्।आजको मन्त्रिपरिषद बैठकले लकडाउन थप्नेबारे निर्णय गर्ने बताइएको छ।
शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सात दिन लम्ब्याउन सुझाव दिएको थियो।
यसअघि सरकारले घोषणा गरेको लकडाउन वैशाख १५ गते सकिँदैछ।