Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कार्यकर्ता पक्राउको विरोधमा विप्लवकाे हड्ताल: दाङसहित ५ जिल्लाका शिक्षण संस्था बन्द


    सोमबार, माघ २६ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले शैक्षिक हड्तालले सोमबार दाङसहित पाँच जिल्लाका शैक्षिक संस्थामा पठन-पाठन बन्द भएको छ।

    रूकुम पश्चिममा अखिल (क्रान्तिकारी) का नेता पक्राउ परेको विरोधमा विप्लव समूहले दाङसहित साबिक राप्तीका सल्यान, प्यूठान, रोल्पा, रूकुममा एकदिने शैक्षिक हड्तालको घोषणा गरेको छ।

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २४औं जिल्ला सम्मेलन आयोजक समिति दाङका संयोजक अनिल केसीले आइतबार विज्ञप्ति प्रकाशित गर्दै सोमबारको शैक्षिक हड्तालबारे जानकारी दिएका थिए।

    केसीले आफ्नो संगठनका रूकुम पश्चिम जिल्ला अध्यक्ष प्रेम बोहोरा, कोषाध्यक्ष धनबहादुर वलीलगायत सर्वसाधारण सागर बुढा, अभिषेक बुढा र किरण रसाइलीलाई आफ्नै कोठामा बसेर अध्ययन गरिरहेका बेला गिरफ्तार गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

    पक्राउ परेका सबैविरूद्ध झुठा मुद्दा लगाई हिरासतमा राखेर यातना दिने कार्य भइरहेको भन्दै त्यसप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार