Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बारामा एक जनाकाे घरभित्रै हत्या


    सोमबार, माघ २६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बारा । बाराकाे महागढीमाई नगरपालिकामा एक महिलाको घरभित्रै हत्या भएको छ । महागढीमाई नगरपालिका-१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको प्रहरीले जनाएकाे छ।

    जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रका अनुसार कान्तिदेवीको गलामा धारिलो हतियार प्रहार भएको छ । जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढेकाे छ।

    आइतबार बेलुकी उनका श्रीमान खाना खाएर घर बाहिर निस्किएका थिए । केहीबेरपछि आफू घरमा फर्किंदा श्रीमतीलाई मृत अवस्थामा फेला पारेको उनले प्रहरीसमक्ष बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार