Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले नेतृत्व गरेकै पार्टी आधिकारिक हो : मन्त्री नेम्वाङ


    आइतबार, माघ २५ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले प्रधानन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेकै नेकपा आधिकारिक भएको बताए । 

    कुश्मा नगरपालिका–३ र मोदी गाउँपालिका–५ बाजुङ जोड्ने आम्वोट खोला मोटरेल पुलको उद्घाटन गर्दै मन्त्री नेम्वाङले निर्वाचन आयोगले समेत केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीबाहेक अन्यलाई आफूले नजान्ने बताएकाले भ्रममा नपर्न आग्रह गरे ।

    उनले प्रधानमन्त्री ओलीले गरेका जनमुखी र मुलुकमा विकास निर्माणले छलाङ मारिरहेको हेर्न नसकेर प्रचण्ड र माधव नेपाल बाहिरिएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली नै आधिकारिक अध्यक्ष र उहाँले नेतृत्व गरिरहेकै नेकपा संस्थापन पक्ष भएकाले कोही पनि कार्यकर्ता  प्रचण्ड–नेपालको प्रलोभनमा पर्न नहुने बताए । 

    उनले चुनाव चिन्हका बारेमा समेत शंका गर्नु नपर्ने बताए । जो अहिलेसम्म सुर्य चिन्ह लिएर निर्वाचन लडेकै छैन, उसैले सुर्य चिन्ह हाम्रो हो भन्दै हिड्नु हास्यास्पद भएको उल्लेख गर्दै आधिकारीक अध्यक्ष जो हो उसैसँग चुनाव चिन्ह रहने बताए।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार