Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उत्तर भारतको उत्तराखण्डस्थित हिमनदीमा बाढी आउँदा नौको मृत्यु, दर्जनौँ बेपत्ता


    आइतबार, माघ २५ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । उत्तर भारतमा एउटा हिमनदीमा बाढी आएपछि बाँध भत्कँदा दर्जनौँ बेपत्ता भएको र अहिलेसम्म नौजना मृत भेटिएको प्रहरीले पुष्टि गरेको छ । 

    उत्तराखण्डस्थित चमोली जिल्लामा हिमपहिरोपछि आएको बाढीले बाँध भत्काएपछि तल्लो तटीय क्षेत्रमा ठूलो बाढी पसेको अधिकारीहरूले बताएका छन्। कैयन् गाउँहरूबाट मानिसहरूलाई सुरक्षित स्थलमा पठाइएको छ । अधिकारीहरूले करिब डेढ सय मानिसहरू हराइरहेको हुनसक्ने बताएका छन् ।

    सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा बाढीको भेल तीव्र गतिमा पसेर धौलीगङ्गा नदीको छेउछाउमा रहेका बस्तीमा डुवान भएको छ । नदी क्षेत्रमा धेरै नोक्सानी पु¥याएको भिडियोहरूमा देखिन्छ। हराइरहेकामध्ये अधिकांश त्यहाँ जलविद्युत आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताउनुभएको छ । उहाँले ट्वीटरमा लेख्नुभएको छ, “सबैको कुशलताका निम्ति यतिवेला सम्पूर्ण देशले प्रार्थना गरिरहेको छ ।” भारतीय वायुसेनालाई उद्धारकार्यका निम्ति तयार राखिएको सरकारले जनाएको छ । 

    इन्डो–तिब्बती सीमा प्रहरीले चमोलीबाट दिएको जानकारी अनुसार हिमपहिरोका कारण आएको बाढीका कारण तपोवन क्षेत्रमा फसेका कम्तीमा १६ जनालाई आइतबार प्रहरीले सकुशल उद्धार गरेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार