Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १० हजार कर्मचारी कटौती गर्ने सरकारको निर्णय


    बुधबार, असोज १ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले १० हजार कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । नयाँ सरकार बनेसँगै खर्च कटौतीका लागि कर्मचारीको संख्या घटाउने निर्णय भएको हो ।

    मंगलबार सिंहदरबारमा बसेको मुख्यसचिवसहित सचिवहरूको बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर खर्च कटौती गर्ने र अत्यावश्यकबाहेकका कर्मचारीको संख्या घटाउने निर्णय गरेको हो ।

    निजामती सेवाका सचिवहरूको उक्त बैठकले संघीय सरकार मातहत रहेको जम्मा दरबन्दीको २० प्रतिशत कर्मचारी कटौती गर्ने निर्णय गरेको हो । एक सचिवका अनुसार संख्यात्मक हिसाबले १० हजारभन्दा धेरै दरबन्दी कटौती हुनेछ ।

    सचिवहरूको बैठकले अनावश्यक देखिएका निकाय खारेज, गाभ्ने र हस्तान्तरणको काम पनि तत्कालै सुरु गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार