Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भाेलिबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई काेराेनाविरूद्धकाे खाेप दिइने


    आइतबार, माघ २५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपालमा भाेलिबाट दोस्रो चरणकाे कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको खोप अभियान सुरू हुँदैछ । दाेस्राे चरणकाे अभियानमा पत्रकार र कूटनीतिक नियोग कर्मचारीहरूलाई खाेप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

    पहिलो चरणको खोप कार्यक्रम शनिबार सम्पन्न भएसँगै दोस्राे चरणमा पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलाई सोमबारदेखि खोप दिने सरकारले निर्णय गरेको हो । सरकारले यही माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । ४ लाख ३० हजारलाई खोप दिने लक्ष्य राखेपनि एक लाख ८४ हजारले मात्रै खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    अभियानको दोस्रो चरणको खोप टिचिङ अस्पताल र सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कुटनीतिक नियोगमा कार्यरत स्वदेशी तथा विदेशी कर्मचारी, तिनका परिवारलाई दिइने छ भने सिभिल अस्पतालमा पत्रकारहरूलाई खोप दिने मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार