Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • स्रोत नखुलेको ४९ लाख रूपैयाँसहित दुई जना भारतीय पक्राउ


    आइतबार, माघ २५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बारा । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको ४९ लाख रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ । 

    बाराको फेटा गाउँपालिका- ५ जोतपुरटोल नेपाल–भारत सीमाक्षेत्र दशगजा नजिकैबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ वाई ६४१७ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा ४९ लाख रुपियाँसहित दुई जनालाई पक्राउ गरेको हो ।

    उनीहरुलाई आइतवार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय बाराले सार्वजनिक गरेको छ। स्रोत नखुलेको उक्त रकमसहित भारत घर भएका २६ वर्षीय अरबिन्द महतोसहित २ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार