Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कार्यवाहक वडाध्यक्षको घरमा युवती मृत फेला, वडाध्यक्ष फरार


    आइतबार, माघ २५ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली । कैलालीमा एक युवती मृत फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरिगङ्गा नगरपालिका–३ मा करिब २२ बर्षकी सञ्जिता चौधरी झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक बिष्टले दिएकाे जानकारी अनुसार सञ्जिता गौरीगंगा नगरपालिका ३ का वडा सदस्य तथा कार्यवाहक वडाध्यक्ष निरज चौधरीको घरमा मृत फेला परेकी थिइन् ।

    खुट्टा भुइँमा छोइएको अवस्थामा मृत भेटिएकी सञ्जिता र निरज केही समयदेखि प्रेम सम्बन्धमा रहेका प्रहरीको अनुसन्धानमा खुलेको छ। 

    कार्यवाहक वडाध्यक्ष निरज श्रीमतीसहित फरार छन् । उनले हालै मात्र अर्को बिबाह गरेका प्रहरीले जनाएकाे छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार