Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • भरुवा बन्दुकसहित २ जना पक्राउ


    आइतबार, माघ २५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा सप्तरीकाे शम्भुनाथ नगरपालिका–२ भलुवाही बस्ने २५ वर्षीय रामपुकार माझी र सोही ठाउँका २२ वर्षीय रामस्वरुप मण्डल रहेकाे प्रहरीले जनाएकाे छ। 

    विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको टोलीले आइतबार बिहान ४ बजेतिर उनीहरुको साथबाट एक थान भरुवा बन्दुक बरामद गरिएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।

    उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार