Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज मन्त्रिपरिषद बैठकः लकडाउन एकसाता लम्ब्याउँदै


    आइतबार, बैशाख १४ २०७७
    690
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १४ बैशाख । कोरोना भाइरस संक्रमण फैलिएपछि चैत ११ बाट सुरु भएको लकडाउन पुनः एक साता लम्ब्याउने पक्षमा सरकार पुगेको छ । शनिबार कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले लकडाउन बढाउन सिफारिस गर्ने निर्णय गरेको छ । समितिले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित गरेको छ ।

    जेठ २ सम्म आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गरेको सररकाले लकडाउन पनि बैशाखभर गर्ने संकेत देखिएको छ । अहिलेलाई लकडाउन १ सातामात्र बढाउने संभावना छ । जुन निर्णय समितिको सिफारिसका आधारमा सरकारले आज गर्नेछ । काठमाडौंमा कोरोना बिरामी नरहेको अवस्थामा लकडाउन खुकुलो हुने अपेक्षा गरिएको थियो । तर प्रदेश नम्बर १ को उदयपुर, भोजपुर, झापा र २ नम्बर प्रदेशको बीरगंजमा कोरोना संक्रमित देखिएपछि सरकार लकडाउन खुल्ला गर्ने निष्कर्षमा पुगेको समितिले जनाएको छ । विश्व स्वास्थ्य संगठनले पनि कोरोना संक्रमण झन् बढिरहेकाले लकडाउन नखुलाउन विश्वका देशहरुलाई अपील गरिरहेको छ ।

    लामो समयदेखिको लकडाउनले नागरिकको जनजीवन कष्टप्रद बन्दै गए पनि सरकारसँग अरु कुनै बिकल्प छैन । अमेरिका र इटलीमा लकडाउन नगर्दा आज जति ठूलो मानवीय क्षति र संक्रमितको संख्या बढिरहेको छ, त्यसले पनि लकडाउन थप गर्न विश्वका विभिन्न देशका सरकार बाध्य भएका छन् । 

    यसैबीच, मुख्य सचिव लोकदर्शन नेतृत्वको कार्यदलले एक हप्ता लकडाउन थप्ने र संक्रमणको अवस्था हेरेर केही ठाउँ खुकुलो गर्न सकिने सुझाव दिएको छ । शनिबार बसेको बैठकले रेग्मीको नेतृत्वको कार्यदललाई लकडाउनको मोडालिटी तयार गर्ने जिम्मेवारी दिएको हो ।

    समितिले सुझाव दिए पनि मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । भारतमा संक्रमणको अवस्था हेरेर पनि मन्त्रिपरिषद्ले लकडाउन थप गर्न सक्ने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार