काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार राति तीन मन्त्री नियुक्त गरेकी छन् । कार्की मन्त्रीपरिषदमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री नियुक्त भएका छन् ।
खनालले अर्थमन्त्रीको जिम्मा पाएका छन् । कुलमानले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, सहरी विकास र भौतिक पूर्वाधारसमेत तीन वटा ठूला बिकासे मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यसैगरी, ओमप्रकाश अर्यालले कानुनसहित गृहमन्त्रालयको जिम्मा पाएका छन् । प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद बिस्तार नगरेसम्म शनिबारदेखि नै प्रहरीबाट अवकाश पाएका पूर्वआईजीपी र एआईजीहरुले गृहमन्त्री हुन लागेको हल्ला सामाजिक संजालमा ब्यापक चलाए ।
स्वार्थ बाझिने(कन्फ्ल्क्टि अफ इन्ट्रेष्ट) हुने भएकाले पनि प्रहरीका उच्च अधिकारीलाई गृहमन्त्री बनाउने संभावना नहुँदा नहुँदा पनि खनाल, खरेल र पोखरेलले सामाजिक संजालमा प्रचारमा उत्रिएका थिए ।
तस्करीदेखि गुण्डागर्दी नियन्त्रण गर्ने सिंघमका रुपमा चिनाउने तर श्रीमतीका नाममा सुराकी भत्ता लिने र मिटरब्याजमा पैसा लगाउनेहरु पनि गृहमन्त्री हुन लागेको हल्ला चलाएका थिए । सांसद अपहरणमा मुछिएकाहरु पनि गृहमन्त्री आफू नै हुने समाचार समेत आफ्नानिकट पत्रकारहरुलाई लेखाउन तल्लीन भएर लागेका थिए ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र उनका भाइ प्रभुलाई खुसी पारी प्रहरीमा डीआईजी र एआर्ईजीमा आफ्ना ब्याचीलाई उछिनेर जम्प हानी आईजीपीको दौडमा लागेका तर हुन नसकेकाहरु पनि गृहमन्त्री हुने भन्दै दौडधूपमा लागेका थिए ।
फेसबुकमा सबैभन्दा पहिला गृहमन्त्रीको हल्ला चलाउनेमा पूर्वआईजीपी सर्वेन्द्र खनाल हुन् । खनाल काठमाडौं क्षेत्र नम्बर ६ मा एमालेबाट गएको निर्वाचनमा उम्मेदवार भई राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग आधा मतले पराजीत भएका थिए । रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त भएको तनहुँ १ मा पनि उनी भारी मतले तेस्रो भएर पराजित भएका पात्र हुन् । उनले केही समयअघि एमाले छाडेका थिए ।
गृहमन्त्री हुनेमा खनालकै ब्याची पूर्वडीआईजी रमेश खरेल पनि हुन् । उनले गृहमन्त्री हुनै लागेको भनेर फेसबुकमा खुब हल्ला चलाए । खरेल रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ मा रास्वपाबाट उम्मेदवार भई जमानात समेत जोगाउन नसकी पराजीत भएका पात्र हुन् ।
आफू १७ महिना सिनियर भए पनि आईजीपी नियुक्ति गर्दा कांगेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्याय गरी जुनियरलाई बनाएको भन्दै पूर्वएआईजी विश्वराज पोखरेल पनि गृहमन्त्री हुने दौडमा दौडधूपमा लागेका थिए ।
एआईजीबाट अवकाश पाएकी मिरा चौधरीको नाम पनि गृहमन्त्रीमा उछालिएको थियो । तर प्रधानमन्त्री कार्कीले अर्याललाई गृहमन्त्री नियुक्त गरेपछि आइतबार रातिबाट फेसबुकमा गृहमन्त्रीको दाबी गर्नेहरु जिल्लाराम भएका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend