काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार राति तीन मन्त्री नियुक्त गरेकी छन् । कार्की मन्त्रीपरिषदमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री नियुक्त भएका छन् ।
खनालले अर्थमन्त्रीको जिम्मा पाएका छन् । कुलमानले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, सहरी विकास र भौतिक पूर्वाधारसमेत तीन वटा ठूला बिकासे मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यसैगरी, ओमप्रकाश अर्यालले कानुनसहित गृहमन्त्रालयको जिम्मा पाएका छन् । प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद बिस्तार नगरेसम्म शनिबारदेखि नै प्रहरीबाट अवकाश पाएका पूर्वआईजीपी र एआईजीहरुले गृहमन्त्री हुन लागेको हल्ला सामाजिक संजालमा ब्यापक चलाए ।
स्वार्थ बाझिने(कन्फ्ल्क्टि अफ इन्ट्रेष्ट) हुने भएकाले पनि प्रहरीका उच्च अधिकारीलाई गृहमन्त्री बनाउने संभावना नहुँदा नहुँदा पनि खनाल, खरेल र पोखरेलले सामाजिक संजालमा प्रचारमा उत्रिएका थिए ।
तस्करीदेखि गुण्डागर्दी नियन्त्रण गर्ने सिंघमका रुपमा चिनाउने तर श्रीमतीका नाममा सुराकी भत्ता लिने र मिटरब्याजमा पैसा लगाउनेहरु पनि गृहमन्त्री हुन लागेको हल्ला चलाएका थिए । सांसद अपहरणमा मुछिएकाहरु पनि गृहमन्त्री आफू नै हुने समाचार समेत आफ्नानिकट पत्रकारहरुलाई लेखाउन तल्लीन भएर लागेका थिए ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र उनका भाइ प्रभुलाई खुसी पारी प्रहरीमा डीआईजी र एआर्ईजीमा आफ्ना ब्याचीलाई उछिनेर जम्प हानी आईजीपीको दौडमा लागेका तर हुन नसकेकाहरु पनि गृहमन्त्री हुने भन्दै दौडधूपमा लागेका थिए ।
फेसबुकमा सबैभन्दा पहिला गृहमन्त्रीको हल्ला चलाउनेमा पूर्वआईजीपी सर्वेन्द्र खनाल हुन् । खनाल काठमाडौं क्षेत्र नम्बर ६ मा एमालेबाट गएको निर्वाचनमा उम्मेदवार भई राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग आधा मतले पराजीत भएका थिए । रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त भएको तनहुँ १ मा पनि उनी भारी मतले तेस्रो भएर पराजित भएका पात्र हुन् । उनले केही समयअघि एमाले छाडेका थिए ।
गृहमन्त्री हुनेमा खनालकै ब्याची पूर्वडीआईजी रमेश खरेल पनि हुन् । उनले गृहमन्त्री हुनै लागेको भनेर फेसबुकमा खुब हल्ला चलाए । खरेल रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ मा रास्वपाबाट उम्मेदवार भई जमानात समेत जोगाउन नसकी पराजीत भएका पात्र हुन् ।
आफू १७ महिना सिनियर भए पनि आईजीपी नियुक्ति गर्दा कांगेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्याय गरी जुनियरलाई बनाएको भन्दै पूर्वएआईजी विश्वराज पोखरेल पनि गृहमन्त्री हुने दौडमा दौडधूपमा लागेका थिए ।
एआईजीबाट अवकाश पाएकी मिरा चौधरीको नाम पनि गृहमन्त्रीमा उछालिएको थियो । तर प्रधानमन्त्री कार्कीले अर्याललाई गृहमन्त्री नियुक्त गरेपछि आइतबार रातिबाट फेसबुकमा गृहमन्त्रीको दाबी गर्नेहरु जिल्लाराम भएका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend