काठमाडौं । २०७६ असार ५ मा सर्लाहीमा भएको कुमार पौडेल ‘इन्काउन्टर’ सम्बन्धी घटनाको अनुसन्धान गर्न सर्वोेच्च अदालतले परमादेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार पौडेल इन्काउन्टर सम्बन्धी घटनाको अनुसन्धान गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालतले किटानी जाहेरीमा नाम रहेकाहरूमाथि अनुसन्धान गर्न परमादेश दिएको छ । सर्वोच्च अदालतको आदेशपछि पौडेल इन्काउन्टरमा नेपाल प्रहरीका तत्कालीन आईजीपी सर्वेन्द्र खनाल, मधेस प्रदेशका तत्कालीन डिआईजी हरिबहादुर पाल र सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा हाल निर्वाचन आयोगका सचिब कृष्णबहादुर राउत अनुसन्धानको दायरामा आउने भएका छन् ।

त्यसैगरी सर्लाहीका तत्कालीन एसपी गोपालचन्द्र भट्टराई, इन्स्पेक्टरद्वय किरणप्रसाद न्यौपाने र कृष्णदेवप्रसाद (केडी) साह, तत्कालीन सई सूर्यकुमार कार्की र प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रमाथि फौजदारी कसुरमा अनुसन्धान गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
२०७६ असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–२ स्थित लखनदेही खोला नजिकै प्रहरीको गोलीबाट कुमार पौडेलको मृत्यु भएको थियो । प्रहरीले उक्त घटनालाई ‘दोहोरो भिडन्त’ (इन्काउन्टर) दाबी गरे पनि राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धानले त्यसलाई ‘नियोजित हत्या’ भएको निष्कर्ष निकालेको थियो ।
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend