बारा ४ मा सर्वेन्द्र खनालको चुनाव प्रचारमा असई मनोज यादव ( हरियो एरोले देखाइएका), भाषण सुनिरहेका मतदाता र उम्मेदवार खनाल
पथलैया । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र साह(बालेन)को चुनाव प्रचारमा सादा पोशाकका प्रहरी परिचालन गरिएकोबारेमा चर्को बिरोध भइरहेको छ ।
बालेनकी श्रीमती सबिना काफ्लेसँग सादा पोशाकका प्रहरी चुनाव प्रचारमा मागेर लगेकोबारेमा निर्वाचन आयोगले रास्वपासँग स्पष्टीकरणसमेत सोधेको छ । तर चुनाव प्रचारमा सादा पोशाकका प्रहरी अन्यत्र पनि खटिएको पाइएको छ ।
मधेश प्रदेशको बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभाका उम्मेदवार सर्वेन्द्र खनालले चुनाव प्रचारमा प्रहरीलाई समेत लगेको भिडियो नै नेपालफेसलाई प्राप्त भएको छ । खनालले एक भेलामा मैथली भाषामा मतदाताहरुलाई सम्बोधन गरिरहेको कार्यक्रममा उनीसँगै सादा पोशाकमा खटिएका नेपाल प्रहरीका असई र बरिष्ठ हवल्दारसमेत देखिएका छन् ।
नेपाल प्रहरीका पूर्व आईजीपीसमेत रहेका खनालले नेपाल प्रहरीका असई मनोज यादवलाई बारा ४ का गाउँ गाउँमा आफूसँगै लिएर चुनाव प्रचार गरिरहेको आरोप छ । असई यादवसहित सहभागी भएको कार्यक्रमको भिडियो नै प्राप्त भएकाले सादा पोशाकका प्रहरी खनालले चुनाव प्रचारमा लगाएको पुष्टि भएको छ ।
यादव विवादित असई हुन् । सर्लाहीका बिभिन्न नाकाको इन्चार्ज हुँदा पटक–पटक घुसकाण्डमा परी निलम्बनमा परेका यादव केही दिनयता पूर्व आईजीपी खनालको चुनाव प्रचारमा खटिएका छन् ।
असई मनोज यादवसँगै बरिष्ठ हवल्दार सुुरेन्द्र चौधरी समेत खनालको चुनाव प्रचारमा सक्रिय रहेका छन् । भिडियोमा उनीसमेत देखिन्छन् ।
यादवसहित ५० जना बिभिन्न दर्जाका सादा पोशाकका घुमुवा प्रहरीलाई २०८२ माघ ४ गते गणहरुमा तानिएको थियो । तर उनी २० दिनदेखि पूर्वआईजीपी खनालको चुनाव प्रचारमा त खटिएकै छन् । साथमा प्रहरी मुख्यालयको सचिवालयबाट मधेश प्रदेशमा घुमुवाका रुपमा खटिएको हुँ भन्दै ब्यापारीदेखि बिभिन्न कारोबारीसँग असुलीसमेत गर्दैआएको आरोप उनीमाथि लागेको छ ।
घुमुवाका रुपमा असुलीमा विवादमा परेर कारबाहीस्वरुप तानिएका असई यादव फेरि आईजीपी सचिवालयबाटै प्रदेशको घुमुवाका रुपमा कसरी खटिएका हुन् भन्ने प्रश्न पनि उठेको छ । वर्तमान आईजीपी दानहादुर कार्की सर्वेन्द्र खनाल आईजीपी हुँदा उनका पीए थिए । त्यही भएकाले खनाललाई चुनाव जिताउन सादा पोशाकका असई यादवलाई खटाएका त होइनन् भन्ने आशंका पनि कतिपयले गरेका छन् ।
समुन्नत पार्टी दर्ता गरी त्यसको अध्यक्ष भएका पूर्वआईजीपी खनाल बारा ४ मा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छन् । उनी रास्वपामा प्रवेश गरी उम्मेदवार हुन खोजेका थिए ।
त्रिकोण बिज्ञापन एजेन्सीका मालिक राजेन्द्र अर्यालमार्फत् रास्वपा अध्यक्ष रबि लामिछानेले नामै सुन्न नचाहेपछि उनले समुन्नत पार्टी खोलेर बारा ४ मा उम्मेदवारी दिएका छन् । बारा ४ मा एमालेबाट कृष्णकुमार श्रेष्ठ(किसान) र रास्वपाबाट रहबर अन्सारी उम्मेदवार छन् ।
हेर्नुहोस् भिडियो, जहाँ असई मनोज यादव खनालसँगै प्रचारमा (निलो एरोले देखाइएका)
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend