बारा ४ मा सर्वेन्द्र खनालको चुनाव प्रचारमा असई मनोज यादव ( हरियो एरोले देखाइएका), भाषण सुनिरहेका मतदाता र उम्मेदवार खनाल
पथलैया । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र साह(बालेन)को चुनाव प्रचारमा सादा पोशाकका प्रहरी परिचालन गरिएकोबारेमा चर्को बिरोध भइरहेको छ ।
बालेनकी श्रीमती सबिना काफ्लेसँग सादा पोशाकका प्रहरी चुनाव प्रचारमा मागेर लगेकोबारेमा निर्वाचन आयोगले रास्वपासँग स्पष्टीकरणसमेत सोधेको छ । तर चुनाव प्रचारमा सादा पोशाकका प्रहरी अन्यत्र पनि खटिएको पाइएको छ ।
मधेश प्रदेशको बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभाका उम्मेदवार सर्वेन्द्र खनालले चुनाव प्रचारमा प्रहरीलाई समेत लगेको भिडियो नै नेपालफेसलाई प्राप्त भएको छ । खनालले एक भेलामा मैथली भाषामा मतदाताहरुलाई सम्बोधन गरिरहेको कार्यक्रममा उनीसँगै सादा पोशाकमा खटिएका नेपाल प्रहरीका असई र बरिष्ठ हवल्दारसमेत देखिएका छन् ।
नेपाल प्रहरीका पूर्व आईजीपीसमेत रहेका खनालले नेपाल प्रहरीका असई मनोज यादवलाई बारा ४ का गाउँ गाउँमा आफूसँगै लिएर चुनाव प्रचार गरिरहेको आरोप छ । असई यादवसहित सहभागी भएको कार्यक्रमको भिडियो नै प्राप्त भएकाले सादा पोशाकका प्रहरी खनालले चुनाव प्रचारमा लगाएको पुष्टि भएको छ ।
यादव विवादित असई हुन् । सर्लाहीका बिभिन्न नाकाको इन्चार्ज हुँदा पटक–पटक घुसकाण्डमा परी निलम्बनमा परेका यादव केही दिनयता पूर्व आईजीपी खनालको चुनाव प्रचारमा खटिएका छन् ।
असई मनोज यादवसँगै बरिष्ठ हवल्दार सुुरेन्द्र चौधरी समेत खनालको चुनाव प्रचारमा सक्रिय रहेका छन् । भिडियोमा उनीसमेत देखिन्छन् ।
यादवसहित ५० जना बिभिन्न दर्जाका सादा पोशाकका घुमुवा प्रहरीलाई २०८२ माघ ४ गते गणहरुमा तानिएको थियो । तर उनी २० दिनदेखि पूर्वआईजीपी खनालको चुनाव प्रचारमा त खटिएकै छन् । साथमा प्रहरी मुख्यालयको सचिवालयबाट मधेश प्रदेशमा घुमुवाका रुपमा खटिएको हुँ भन्दै ब्यापारीदेखि बिभिन्न कारोबारीसँग असुलीसमेत गर्दैआएको आरोप उनीमाथि लागेको छ ।
घुमुवाका रुपमा असुलीमा विवादमा परेर कारबाहीस्वरुप तानिएका असई यादव फेरि आईजीपी सचिवालयबाटै प्रदेशको घुमुवाका रुपमा कसरी खटिएका हुन् भन्ने प्रश्न पनि उठेको छ । वर्तमान आईजीपी दानहादुर कार्की सर्वेन्द्र खनाल आईजीपी हुँदा उनका पीए थिए । त्यही भएकाले खनाललाई चुनाव जिताउन सादा पोशाकका असई यादवलाई खटाएका त होइनन् भन्ने आशंका पनि कतिपयले गरेका छन् ।
समुन्नत पार्टी दर्ता गरी त्यसको अध्यक्ष भएका पूर्वआईजीपी खनाल बारा ४ मा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छन् । उनी रास्वपामा प्रवेश गरी उम्मेदवार हुन खोजेका थिए ।
त्रिकोण बिज्ञापन एजेन्सीका मालिक राजेन्द्र अर्यालमार्फत् रास्वपा अध्यक्ष रबि लामिछानेले नामै सुन्न नचाहेपछि उनले समुन्नत पार्टी खोलेर बारा ४ मा उम्मेदवारी दिएका छन् । बारा ४ मा एमालेबाट कृष्णकुमार श्रेष्ठ(किसान) र रास्वपाबाट रहबर अन्सारी उम्मेदवार छन् ।
हेर्नुहोस् भिडियो, जहाँ असई मनोज यादव खनालसँगै प्रचारमा (निलो एरोले देखाइएका)
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend