Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संस्कृति, सम्पदा र विहार निर्माण पुनर्निर्माण उच्च प्राथमिकतामाः प्रमुख शाक्य 


    शनिबार, माघ २४ २०७७
    685
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले महानगरपालिका क्षेत्रमा रहेका  र महानगरवासीको वेदनशीलतासँग जोडिएका नेपाल चिनाउने संस्कृति, सम्पदा र विहार निर्माण पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेका बताउनु भएको छ ।

    भृकुटीमण्डपस्थित बुद्ध विहार पुनर्निर्माणका लागि थप ७० लाख रुपैयाँ अनुदानपछि सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । महानगरपालिकाले गत आर्थिक वर्षमा १ करोड रुपैयाँ अनुदान दिएको थियो । ‘जीर्ण, र क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छेँ लगायत सबै सम्पदा सकेसम्म यही कार्यकालमा पुनर्निर्माण गर्ने लक्ष्य अनुरुप अनुदान उपलब्ध गराउँदै आएका छौँ,’ शाक्यले भन्नुभयो, ‘हाल भइरहेको बौद्ध विहार, पाटी पौवा र सम्पदाको पुनर्निर्माण सोही लक्ष्य अनुरुप भएका कार्यहरु हुन् । यसमा सबै सरोकारवालाको सहयोगले महत्वपूर्ण उपलब्ध हासिल गरेका छौं ।’ 

    प्रमुख शाक्यले संस्कृति, सम्पदा संरक्षणमा रकम अभाव भयो भनेर चिन्ता नलिन पनि आग्रह गर्नुभयो । ‘योजना लिएर आएको अवस्थामा महानगरपालिकाले सबैलाई यथोचित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उहाँले भन्नुभयो, ‘महानगरपालिकाकै आर्थिक सहयोगले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, स्वयभ्भुस्थित आनन्द भुवन विहार पुनर्निर्माण भइरहेको छ ।’ शनिबार राजधानीको भुकृटीमण्डपस्थित विहारको सभाहलमा आयोजित कार्यक्रममा पुनर्निर्माण समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविर र कोषाध्यक्ष सुरेश महर्जनलाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो।

    सो अवसरमा महानगरपालिकाका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले पनि संस्कृति सम्पदा र विकास निर्माणको क्षेत्रमा काम गर्ने विषयमा मेयर शाक्यसँग सहकार्य गरेर नै आफू अघि बढिरहेको जानकारी दिनुभयो ।

    समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविरले सर्वसाधारणको दाताहरुको सहयोगमा भइरहेको पुनःनिर्माणमा गत वर्ष र चालू आर्थिक वर्षमा गरी महानगरपालिकाले उपलब्ध गराएको १ करोड ७० लाख रुपैयाँले पुनःनिर्माणमा तीब्रता आएको बताउनुभयो। 

    विहार भूकम्पबाट क्षतिग्रस्त भएको थियो । ८ हजार ५ सय ५७ वर्ग मिटर क्षेत्रफलमा निर्माण भइरहेको विहार नेपाली मौलिकसहित र कलात्मक शैलीमा निर्माण भइरहेको छ । करिब ५ करोड रुपैयाँ लागतमा पुनःनिर्माण भइरहेको छ । विभिन्न दाताहरुको सहयोगमा दुई वर्ष अघि सो विहारको पुनःनिर्माण कार्य शुरु भएको थियो । पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  महानगरपालिकोको दोस्रो अनुदान रकमले निर्माणाधीन भवनसंगैको अर्को भवनको पुनर्निर्माण गर्ने समितिका सहसचिव सुनील महर्जनले जानकारी दिनुभयो । 

    बुद्ध बिहार २०३४ साल फागुन महिनाको चीर रथारोहण अष्टमीका दिन स्थापना गरिएको हो । डेढ रोपनी क्षेत्रफलमा भएको बिहारभित्र बनेपामा सञ्चालित बौद्ध बृद्धाश्रमको नगर सम्पर्क कार्यालय, अखिल नेपाल भिक्षु महासंघको नगर सम्पर्क कार्यालय, बौद्ध महिला संघ नेपालको कार्यालय, धर्मोदय सभाको सम्पर्क कार्यालय छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार