Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • चन्द्रागिरीमा हिमपात


    शनिबार, माघ २४ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा शनिबार दिउँसो सामान्य वर्षा भएको छ भने चन्द्रागिरी लगायतका वरपरका केही डाँडामा सामान्य हिमपात पनि भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न ठाउँमा हल्का वर्षा र हिमपात हुँदैछ । पश्चिम नेपालका केही भूभागमा हल्का वर्षा भएको हो भने उच्च पहाडी क्षेत्रमा हल्का र हिमाली क्षेत्रमा भारी हिमपात भएको छ ।

    राति पनि प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुनेछ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    राजधानीमा वर्षा हुन भएसँगै चन्द्रागिरीमा हिउँ परेको हो । केबलकार चढेर चन्द्रागिरी पुगेकाहरु हिउँ खेलेर रमाइलो गरिरहेका छन् ।हिउँ परेसँगै चन्द्रागिरी केबलकार चढ्न जानेहरुको भीड बढ्न थालेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार