वीरगञ्ज, १३ वैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित भोलि डिस्चार्ज हुने भएका छन् । अस्पतालका अनुसार चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक गरी चार जनाको पीसीआर परीक्षणको चौथो रपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्जार्च गर्न लागिएको अस्पतालले जनाएको छ ।
चार जना संक्रमितको स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि शुक्रबार हेटौंडास्थित प्रादेशिक प्रयोगशाला पठाइएको थियो । शनिबार साँझ रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार चारैजनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई भोलि डिस्जार्च गर्न लागिएको हो ।