Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • टुटल र पठाओको विरोधमा ट्याक्सी व्यवसायी 


    शनिबार, माघ २४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौंमा ट्याक्सी व्यवसायीहरुले प्रदर्शन गरेका छन् । गैरकानुनी रुपमा टुटल र पठाओ सञ्चालन गरेको भन्दै शनिबार ट्याक्सी व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।

     नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले माइतीघरमा प्रदर्शन गर्दै निजी सवारी साधनले भाडा लिई यात्रु ओसारपसार गरेको भन्दै त्यसलाई तत्काल बन्द गराउन माग गरेको छ ।

    यस्तै,उनीहरुले माघ २२ गते नेकपाको दाहालनेपाल समूहले गरेको बन्दमा ट्याक्सी तोडफोड भएको भन्दै त्यसको क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न पनि माग गरेका छन् । उनीहरुले कुनै पनि बन्दको नाममा सार्वजनिक यातायातका साधानमाथि तोडफोड र आगजनी बन्द गर्न पनि राजनीतिक दलहरुलाई सचेत गराएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार