काठमाडौं । जेनजी पुस्ताको सोमबारको प्रदर्शन र मंगलबार भएको घटनापछि बिकसित राजनीतिक परिस्थितिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी भएको छ ।
स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आजै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराउने सम्भावना रहेको हो ।
यसअघि बिहीबार राति शीतल निवासमा बसेको सर्वपक्षीय बैठकमा कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति बनेको थियो ।
बैठकमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, संवैधानिक कानुनविद्, जेनजी प्रतिनिधि तथा प्रमुख दलका नेताहरू सहभागी थिए । तर छलफलमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष बनाउने भन्ने विषयमा प्रष्ट सहमति जुट्न सकेको छैन ।
त्यस्तै, संसद् विघटनबारे पनि मतभेद देखिएको छ । जेनजी समूह संसद् विघटन गर्नुपर्ने अडानमा रहँदै आएको छ भने राष्ट्रपति पौडेल त्यसमा सहमत भएका छैनन् ।
यसै कारण आज बिहान ९ बजेदेखि पुनः छलफल सुरु हुने भएको छ । छलफलमा निष्कर्ष निस्केमा आजै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend