काठमाडौं । जेनजी पुस्ताको सोमबारको प्रदर्शन र मंगलबार भएको घटनापछि बिकसित राजनीतिक परिस्थितिमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी भएको छ ।
स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आजै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराउने सम्भावना रहेको हो ।
यसअघि बिहीबार राति शीतल निवासमा बसेको सर्वपक्षीय बैठकमा कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति बनेको थियो ।
बैठकमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, संवैधानिक कानुनविद्, जेनजी प्रतिनिधि तथा प्रमुख दलका नेताहरू सहभागी थिए । तर छलफलमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष बनाउने भन्ने विषयमा प्रष्ट सहमति जुट्न सकेको छैन ।
त्यस्तै, संसद् विघटनबारे पनि मतभेद देखिएको छ । जेनजी समूह संसद् विघटन गर्नुपर्ने अडानमा रहँदै आएको छ भने राष्ट्रपति पौडेल त्यसमा सहमत भएका छैनन् ।
यसै कारण आज बिहान ९ बजेदेखि पुनः छलफल सुरु हुने भएको छ । छलफलमा निष्कर्ष निस्केमा आजै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी भइरहेको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend