काठमाडौँ । जेनजी पुस्ताको बिद्रोहपछि नेतृत्वको पुस्तान्तरणको आवाज घनिभूत रुपमा उठाउँदैआएका गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाईमा नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि काठमाडौँमा शुरू हुँदैछ ।
संस्थापन पक्षको असहमतिका बीच आज बिशेष महाधिवेशन आयोजना हुँदैछ । विशेष महाधिवेशनको औपचारिक उदघाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुने तय गरिएको छ ।
उदघाटन समारोहअघि महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने कार्यक्रम तय गरिएको छ ।
महाधिवेशन आयोजक समितिका अनुसार उदघाटनपूर्व शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गर्न लागिएको हो । सचिवालयका अनुसार सबै जुलुस बिहान ११ बजे आ–आफ्नो स्थानबाट प्रस्थान गर्नेछन् ।
छैटौं जुलुस भृकुटीमण्डपमा प्रवेश गरेपछि विशेष महाधिवेशनको औपचारिक उदघाटन समारोह शुरू हुनेछ । उदघाटन कार्यक्रम सकिएसँगै आजै बन्दसत्र पनि प्रारम्भ गरिने आयोजकले जनाएको छ । विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ ।
दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस काठमाडौँका सुन्धारा, रत्नपार्क, पदमकन्या क्याम्पस, शंकरदेव क्याम्पस, कमलपोखरी र ललितपुरको कुपण्डोलबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछन् ।
सुन्धाराबाट निस्कने जुलुसमा चितवन, अर्घाखाँची, नवलपुर तथा सुदूरपश्चिमका जिल्लाबाट आएका कांग्रेस नेता–कार्यकर्तासँगै काठमाडौं निर्वाचन क्षेत्र ८, ९ र १० का प्रतिनिधिहरू सहभागी हुनेछन्। यो जुलुस सुन्धारा, वीर अस्पताल, रत्नपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ ।
रत्नपार्कबाट निस्कने जुलुसमा नुवाकोट, रसुवा, धादिङ तथा काठमाडौंको उत्तरी क्षेत्रका साथै निर्वाचन क्षेत्र ५, ६ र ७ का नेता–कार्यकर्ताको सहभागिता रहनेछ ।
पद्मकन्या क्याम्पसबाट निस्कने जुलुसमा बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट आएका नेता–कार्यकर्तासँगै काठमाडौंका केही निर्वाचन क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् ।
शंकरदेव क्याम्पसबाट भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौं निर्वाचन क्षेत्र २ र ३ का नेता–कार्यकर्ता जुलुसमा सहभागी हुनेछन् ।
कमलपोखरीबाट काठमाडौं निर्वाचन क्षेत्र १ र ४ का नेता–कार्यकर्ता चारखाल अड्डा, डिल्लीबजार र पुतलीसडक हुँदै भृकुटीमण्डप पुग्नेछन् ।
ललितपुरको कुपण्डोलबाट निस्कने जुलुसमा ललितपुर र मकवानपुरका नेता–कार्यकर्ताको सहभागिता रहनेछ। यो जुलुस कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend