म्याग्दीको अन्नपूर्ण, हिस्तामा परेको हिउँ
काठमाडौंं । शुक्रबारदेखि चिसो बढेको छ । देशका विभिन्न भागमा बर्षासागै हिमपात पनि भएको छ । काठमाडौंमा शुक्रबारदेखि नै चिसो बढेको हो । मौसम परिवर्तनसँगै शुक्रबार काठमाडौंमा हल्का बर्षा भएपछि चिसो झन् बढेको छ ।
शनिबार पनि काठमाडौंको मौसम सफा छैन । बिहान ११ बजेसम्म घाम लागे पनि त्यसपछि मौसम बदली भई १ बजेबाट हल्का बर्षा भएको छ ।
जुम्लामा हिमपात भएको छ । देशका उच्च हिमाली क्षेत्रका विभिन्न गाउँ हिउले सेताम्य भएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तामा हिमपात भएको छ । वर्षासँगै बढेको चिसोको कारण म्याग्दीको मध्य भागसम्म नै भारी हिमपात भएको छ ।
बागलुङ जिल्लामा हिमपात र वर्षा भएको छ । जिल्लाको पर्यटकीयस्थल ढोरपाटनमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको हो ।