Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीमा सुशीला कार्की, कुलमानदेखि सागर ढकाल र विवादित सर्वेन्द्र खनालसम्मको चर्चा


    बुधबार, भाद्र २५ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौैं । जेन जीको प्रदर्शनमा सोमबार १० जनाको ज्यान गएपछि मंगलबार आन्दोलनकारीले राष्ट्रपति भवन, संसद भवन, सर्वोच्च अदालत, सिंहदरबार सबै आगजनी गरी जलाए । जेन जीको आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए ।

    ओलीले राजीनामा दिएपछि नेपाली सेनाले सबै जिम्मा लिएको छ । सेनाले जेनजीका प्रतिनिधिहरुसँग कुरा गरी भावी सरकार निर्माणको छलफल गरिरहेका छन् । जेनजीकै बीचमा एकमत हुन सकेको छैन ।

    जेनजीले प्रधानमन्त्रीका रुपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीदेखि रास्वपा सभापति रवि लामिछाने, कुलमान घिसिङको नाम प्रस्ताव गरेका छन् । तर अधिकांश जेनजीले कार्कीको नाममा सहमति गरेको कुरा बाहिर आएको छ । जेनजीका प्रतिनिधिमध्येकी एक रक्षा बमले त सेनाले दुर्गा प्रसाईलाई पनि वार्तामा बोलाएपछि आफूले असहमति प्रकट गरी बाहिरिएको धारणा सार्वजनिक गरेकी छन् ।

    यसैबीच, प्रधानमन्त्री हुनका लागि सागर ढकालदेखि सर्वेन्द्र खनालसम्मले चाहना प्रकट गर्दै समाचार लेखाउन थालेका छन् । विवादित पूर्व प्रहरी महानिरीक्षक खनाल एमालेबाट २०७९ को निर्वाचनमा काठमाडौं ६ बाट रास्वपाका शिशिर खनालसँग शर्मनाक रुपमा पराजीत भएका थिए ।

    रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त तनहुँ १ बाट पनि रास्वपाकै डा. स्वर्णिम वाग्लेसँग आधाभन्दा बढी मतान्तरले पराजीत भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महान नेता भन्दै २ पटक चुनावमा टिकट लिएर पराजीत भएका खनाल त्यसपछि पार्टी नै त्यागेका पात्र ह्न् । उनी अहिले जेनजीले आफूलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेको प्रचार गराउन थालेका छन् । प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने र गृहमन्त्री हुने दाउमा उनी लागेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार