Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तनहुँमा दुर्घटना : दुई जनाको मृत्यु


    शुक्रबार, माघ २३ २०७७
    650
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दमौली ।  तनहुँमा आज भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । व्यास नगरपालिका–६ र व्यास नगरपालिका–१२ मा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । व्यास नगरपालिका–६ बाकुरेखोलास्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ ।

    साँजाबाट शेखाटारतर्फ आउँदै गरेको ग १ त ३०८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा सो ट्याक्टरमा सवार बालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँ बस्ने नौ वर्षीय सरोज थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    अनियन्त्रित ट्याक्टरको ढालाले च्यापिएर बालकको मृत्यु भएको हो । सडकबाट अन्दाजी ३०० मिटर तल पल्टिदा बालकका आमा २७ वर्षीय सरस्वती थापा र ट्याक्टर चालक ४० वर्षीय बुद्धि श्रेष्ठ घाइते भएका छन् । घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय गोविन्द मगर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग १४ प २५१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टदा दुर्घटना भएको हो ।

    दुर्घटनामा घाइते मगरको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । मोटरसाइकलमा सवार एक महिला र बच्चाको अवस्था भने सामान्य छ । सिमसिम पानी परेका कारण मोटरसाइकल चिप्लिएर लडेको प्रहरीको भनाइ छ । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल लडेपछि बा ४ ख ८९१६ नम्बरको बसमा ठोक्किएको थियो ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार