Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • देशभर निषेधाज्ञा, समस्या समाधानका लागि समन्वय भइरहेको छः नेपाली सेना


    बुधबार, भाद्र २५ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाले जारी कफ्र्यु आदेशलाई निरन्तरता दिएको छ । नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कफ्र्यु जारी गरिएको सेनाले जनाएको छ ।

    आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल गरेको छ ।

    मुलुकमा उत्पन्न बिषम परिस्थितिका कारण शान्ति सुरक्षा कायम राख्न आज बेलुकी ५ बजेसम्म कफ्र्यु लगाएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    नेपाली सेनाले जारी गरेको विज्ञप्तिअनुसार आज लागू भएको निषेधाज्ञा भोलि (भदौ २६ गते बिहान ६ बजेसम्म निरन्तर रहनेछ । त्यसपछि अवस्था हेरेर थप निर्णय हुने बताइएको छ ।

    आन्दोलनका नाममा अराजक गतिविधि, तोडफोड, आगजनी, लुटपाट, हिंसात्मक आक्रमण तथा व्यक्तिलक्षित आपराधिक कार्यहरू भइरहेका कारण देशभर शान्ति–सुरक्षामा गम्भीर चुनौती देखिएकाले कफ्र्यु जारी गरिएको सेनाको भनाइ छ ।

    कफ्र्यु तथा निषेधाज्ञा अवधिमा एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारी साधन सञ्चालन हुने र आवश्यक सहजीकरणको लागि नजिकैका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सकिने सेनाले बिज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार