काठमाडौं । नेपाली सेनामा ३ हजार सयका लागि जागिर खुलेको छ । सेनाले आज गोरखापत्रपत्रमा सैनिक पदमा काम गर्न चाहने युवाहरुका लागि दरखास्त मागेको छ ।
जंगी अड्डाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका लागि विज्ञापन खुलाएको हो । सेनाको विभिन्न पृतना, गण तथा बाहिनीहरुमा नयाँ भर्ना गर्नका लागि जंगी अड्डाले दरखास्त आह्वान गरेको छ ।
उपत्यका पृतना नारायणहिटीका लागि ३५० जना, काभ्रेको भकुण्डेबेसीस्थित २६ नम्बर बाहिनी अड्डाका लागि ७५ जना, भक्तपुरको सूर्यविनायकस्थित रणशेर गणका लागि १०० जना, सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरका लागि २०० जना लगायत विभिन्न गणहरूमा विभिन्न संख्यामा सैन्य पदमा नयाँ भर्ना लिन लागेको हो ।
सबैभन्दा बढी सुर्खेतको निमारेस्थित श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरका लागि ४२५ जना मागेको छ । त्यस्तै विभिन्न संख्यामा ब.का.सि, सफाइकर्मी, लोहाकार, कपाल काट्ने(केशकर्तक), सूचीकार र चर्मकर्मी पनि मागेको छ ।
सैन्य पदका लागि शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ । एसईई वा सोभन्दा माथिका शैक्षिक योग्ताको प्रमाणपत्र पेस गर्नेहरूले भने कक्षा ८ को प्रमाणपत्र बुझाउनुपर्ने छैन ।
इच्छुक एवम् योग्यता पुगेका नेपाली नागरिकहरुले कात्तिक २८ देखि मंसिर २७ गतेसम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर बुझाएर मंसिर २८ देखि पुस ५ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend