Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वाग्मती प्रदेश कोरोना विरुद्धको खोप लगाउनेक्रम जारी


    शुक्रबार, माघ २३ २०७७
    970
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मकवानपुर । वाग्मती प्रदेशमा कोरोना भाइरस विरुद्धको खोप लगाउने कार्य जारी रहेको छ । हालसम्म ५५ हजार ८७८ जनाले खोप लगाइसकेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशक रमेशप्रसाद अधिकारीले खोप लगाउने कार्य जारी रहेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार प्रदेशमा ७५ हजार ८६० लक्षित व्यक्ति रहेका थिए । उहाँले खोप लगाइएकामध्ये ३२४ जनालाई सामान्य ज्वरो देखिएको र दुई जना गम्भीर बिरामी भएपनि अहिले सबैको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी दिनुभयो ।

    प्रदेशमा ११ लाख ७६ हजार ३०३ जनाको कोरोना परिक्षण गर्दा एक लाख ४९ हजार ४८७ जनालाई पोजेटिभ देखिएको थियो । तीमध्ये एक लाख ८६ हजार ८७६ जना कोरोनामुक्त भएको र एक हजार ६१५ जना उपचाररत रहेको जनाइएको छ ।

    कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या प्रदेशमा ९९६ जना पुगेको उहाँले जानकारी दिनुभयो । प्रदेश स्वास्थ्य निर्देशनालयले चालु आर्थिक वर्ष ०७७÷७८ मा प्रजनन स्वास्थ्य सेवा, मधुमेह, उच्च रक्तचाप, मुटु तथा मिगौलाको रोग, एचआइभी एड्सजस्ता घातक रोगबाट बच्न सचेतनाका कार्यक्रम, किशोर–किसोरी मैत्री स्वास्थ्य सेवा प्रवाह, गर्भपतन सेवामा सहजतालगायत सबैखाले स्वास्थ्य उपचारसँग सम्बन्धित कामलाई प्राथमिकताको साथ सञ्चालन गरेको जनाएको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार