ललितपुर । गोदावरी नगरसभाले नगरविकास स्वयंसेवक परिचालन कार्यविधि, नगरस्तरीय विपद् प्रतिकार्य तथा पूर्वतयारी योजना र नगरस्तरीय लैङ्गिक तथा समान सामाजिक समावेशी नीति २०७७ लाई पारित गरेको छ ।
यसैगरी सभामा विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि , व्यवसाय करसम्बन्धि कार्यविधि , घरजग्गा बहालकर व्यवस्थापन कार्यविधि , सहकारी नियमावलि तथा सहकारी कार्यविधि , खानेपानी उपभोक्ता समिति सञ्चालन कार्यविधि र जग्गा खण्डीकरण तथा मापदण्ड निर्धारण कार्यविधि माथि छलफल भएकोे नगर उपप्रमुख मुना अधिकारीले जानकारी दिनुभयो ।
नगरपालिका प्रमुख गजेन्द्र महर्जनले चालु आर्थिक वर्षको आठौँ हिउँदे नगरसभामा अर्ध वार्षिक कार्यप्रगति विवरण समीक्षा गर्नुभएको थियो । नगरसभाले पारित गरेका केही बजेटका शीर्षक संशोधन तथा रकमान्तर पनि समेत गरेको थियो । रासस