Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चियापसलमा घुस कारोबारः १५ हजार घुससहित कार्यालय प्रमुख पक्राउ 


    शुक्रबार, माघ २३ २०७७
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी ।  कञ्चनरुप नगरपालिका वडा नं. ४ स्थित नापी कार्यालय, कञ्चनपुरमा कार्यरत निमित्त कार्यालय प्रमुख सर्वेक्षक हरिचन्दर ठाकुर र लेखापढी ब्यवसायी अरुणकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार घुससहित शुक्रबार नियत्रन्त्रणमा लिएको छ  ।

    जग्गाको कित्ताकाट गरी दिने भनी लेखापढी व्यवसायी यादवमार्फत् सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट टोली गएको थियो ।

    अख्तियारको टोलीले सर्वेक्षक ठाकुर र लेखापढी व्यवसायी यादवलाई सेवाग्राहीबाट रु १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नापी कार्यालय कञ्चनपुरसँगैको चिया–खाजा पसलबाट रंगेहात नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका कार्यालय प्रमुख ठाकुर र यादवका बारेमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार