Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस संवैधानिक नियुक्तिको बिरोधमा छ, देउवाजीको केही समस्या होला: प्रचण्ड


    शुक्रबार, माघ २३ २०७७
    770
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वकाे सरकारले गरेकाे संवैधानिक नियुक्तिको बिराेधमा नेपाली कांग्रेस पनि रहेकाे बताएका छन् ।

    शुक्रबार बिहान सानेपामा आयोजित सम्पादकहरुसँगको छलफलमा प्रचण्डले भने ‘हिजो हामीले संवैधानिक परिषद्को ज्यादतिपूर्ण नियुक्तीको विरोधमा हड्ताल गरेका हौँ । त्यहाँ दशथरी नारा लगाए प्रहारको निशाना कमजोर हुन्छ भन्ने अर्थमा मात्रै त्यसो गरिएको हो’ ।

    एमसीसीबारेकाे प्रसंग उल्लेख गर्दै प्रचण्डले आमहड्ताल जे का लागि थियो त्यसमै केन्द्रीत नभए निशाना कमजोर हुने भन्दै आफूले त्यसो गरेको बताए।

    ‘यो बेला दशथरी नारा लाउनु भन्दा जे नारा हो त्यसमै केन्द्रित गरौँ भनेको हो । एमसीसीबारे पार्टीले औपचारिक निर्णय गरिसकेको छैन । तर एकजनाले प्याच्च अर्को नारा हाल्देछन् । मलाई त को घुस्यो जस्तो लाग्यो तर ती मान्छे त हाम्रै साथी हुन् । जता पायो त्यतै नारा नलाउनुस् भनेको हो।’

    उनले आफूले केहीदिन अघि अमेरिकी राजदूतसँग कुरा गर्दा पनि एमसीसी परिमार्जन गर्ने सम्भावना छ कि छैन भनेर कुरा राखेको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार