काठमाडौं, १३ वैशाख । कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा सरकारी प्रयास सही बाटोमा रहेको निष्कर्ष निकालेको छ । शनिबार सिंहदरबारमा बसेको बैठकले लकडाउनलाई निरन्तरता दिनका लागि सरकारलाई सिफारिस निर्णय गरेको छ । भारतमा कोरोना संक्रमण फैलिइरहेको र नेपालको १ नम्बर प्रदेशमा पनि संक्रमितको संख्या थपिइरहेको छ ।
लकडाउनकै कारण संक्रमण फैलिन नपाएको निष्कर्ष निकाल्दै यसलाई निरन्तरता दिनुपर्ने समितिको राय छ । लकडाउन थप्ने निर्ण भने मन्त्रिपरिषद्ले गर्ने समिति संयोजक ईश्वर पोखरेलले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वैशाखपछि लकडाउन के गर्ने भन्ने विषयमा प्रस्ताव ल्याउन निर्देशन दिएपछि उच्चस्तरीय समन्वय समितिको बैठक बसेको हो ।