Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सई मिश्राको ठूलो सफलता: गाँजा सहित एक जना पक्राउ


    बिहिबार, माघ २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धर्मेन्द्र प्रसाद यादव
    भिस्वा। प्रहरी चौकी भिस्वाले ठूलो मात्रामा अवैध लागूऔषध ‘गाँजा’ सहित एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरी चौकी भिस्वाबाट सई प्रेम मिश्राको कमान्डमा खटिएको प्रहरी टोलीले छिपहरमाई गाउँपालिका वार्ड नः ५ भिस्वा वडा कार्यालय नजिकबाट अन्दाजी १२ केजी अवैध लागूऔषध ‘गाँजा’ बरामद गरेको हो ।

    भिस्वा चौकबाट दक्षिण भारततर्फ साईकलमा बोरा राखेर लगिरहेको बेला शंका लागि चेक जाच गर्दा उक्त गाँजा बरामद गरिएको हाे।

    पक्राउ पर्नेमा धोबिनि गाउँपालिका वार्ड नः ५  धोबिनि बस्ने ४३ वर्षीय समसुल मियाँ रहेको प्रहरीले जानकारी दिएको छ ।

    उक्त गाँजासहित  उनलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएकाे छ। यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर दीपक थापाले बताए

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार