Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • लकडाउनको अवधि थप हुने, ब्यवसाय र आन्तरिक हवाई उडान खुलाउने


    शनिबार, बैशाख १३ २०७७
    755
    Shares
  • २ मिनेट पाठ
  •  काठमाडौं, १३ वैशाख । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि नेपालमा लकडाउनलाई जारी राखेको छ । पछिल््लो पटक थपिएको लकडाउनको अवधि वैशाख १५ गतेसम्म छ । लकडाउनको स्वरुप कस्तो बनाउने भन्ने विषयमा छलफल गर्न कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ ।

    सिंहदरबारमा जारी बैठकमा लकडाउनको अहिलेसम्मको परिस्थिति र बिभिन्न स्थानको संक्रमणको अवस्थाबारे विश्लेषण हुनेछ । समग्र अवस्थाको विश्लेषण गरेर प्रधानमन्त्रीलाई भेट्ने र लकडाउनको स्वरुपबारे प्रधानमन्त्रीलाई जानकारी गराउने उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले जानकारी दिएका छन् । ,’
    नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ४९ पुगेको छ भने ११ जना निको भएर घर फर्किसकेका छन् ।

    संक्रमण विस्तार हुँदै गएकाले लकडाउन अझै केही हप्ता लम्बिने बताइएको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकमा संक्रमण नदेखिएका केही जिल्लामा उच्च सतर्कता अपनाएर केही व्यवसाय तथा विकास निर्माणका काम सुचारु गर्न सकिनेबारे छलफल सुरु भएको छ । आन्तरिक उडान खुलाउनेबारे पनि छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार