Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • बन्दको अवज्ञा गरेको भन्दै चारवटा ट्रक तोडफोड


    बिहिबार, माघ २२ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आहृवान गरेको बन्दकाे अवज्ञा गरेको भन्दै ट्रकमा तोडफोड गरेका छन् । 

    काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ। प्रहरीका अनुसार बन्दकर्ताले ना ३ ख ३९३, ना १ क १४३५ र ना ८ ख ४४८० नम्बरको ट्रक तोडफोड गरेका छन् । 

    मोटरसाइकलमा आएका बन्दकर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् । यस्तै टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेकाे प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार