Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापामा दुर्घटना: एकको मृत्यु


    बिहिबार, माघ २२ २०७७
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दमक ।  झापाको शिवसताक्षीमा गए राति बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ ।

    पूर्वपश्चिम लोकमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–११ झरना पुलस्थित सडकखण्डमा साँझ ६ः४० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख १९८० नं को बसलाई विपरीत दिशाबाट आउँदै गरेको बा५६प २९५८ नंको मोटरसाइकलले ठक्कर दिँदा त्यसका चालक शिवसताक्षी–११ का ४० वर्षीय पूर्ण कडरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ । दुर्घटनाबाट गम्भीर हुनुभएका कडरियाको उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मृतकसँगै सवार सोही ठाउँका २८ वर्षीय शङ्कर तामाङको बिएण्डसी अस्पतालमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो । प्रहरीले दुर्घटनामा संलग्न बस र चालक मेचीनगर नपा–६ बस्ने ५० वर्षीय मानबहादुर रसाइलीलाई आवश्यक अनुसन्धानका लागि इप्रका झिलझिलेले नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार