Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँको गोंगबुमा अज्ञात व्यक्तिहरुद्वारा ट्याक्सीमा आगजनी


    बिहिबार, माघ २२ २०७७
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) प्रचण्ड–नेपाल पक्षले हिजो पत्रकार सम्मेलन गरि  आज (बिहीबार) दशेब्यापी आमहड्तालको घोषणा गरेको छ। 
    आमहड्ताललाई शान्तिपूर्वक बनाउने बताइएपनि आज  (बिहीबार) बिहानै काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ । आगजनी गरेर दुई जना फरार भएका छन् ।

    कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहका अनुसार  दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको खुल्न आएको छ  ।
    ‘कालो ज्याकेट लगाएर आएका दुई जनाले ट्याक्सीमा आगजनी गरेर भागेका छन् । ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको भएको प्रहरी  बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार