Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउनमा अलौ नाकाबाट तस्करी


    शनिबार, बैशाख १३ २०७७
    2K
    Shares
  • २ मिनेट पाठ
  • बीरगंज, १३ बैशाख । पर्साको अलौ नाकाबाट लकडाउनको समयमा पनि तस्करी भैरहेको छ । सो नाकाबाट केराउ, मरिच र रजनीगन्धाको ठूलो तस्करी भैरहेको छ । सो नाकाबाट तस्करी गराउन सहयोग गरेवापत पर्साको १५ नम्बर औद्योगिक गुल्मका डिएसपीका घुमुवा र पथलैयास्थित राजश्व गुल्मका डिएसपी हरिनारायण श्रेष्ठले घुमुवा राखेर असुली गर्दैआएको आरोप छ ।

    औद्योगिक गुल्मबाट ऋषिकान्त साह र राजस्व गुल्मका घुमुवा महेश हजाराले रकम असुली गरी तस्करीलाई छुट दिंदैआएका छन् । यी दुवै घुमुवाहरू यसअघि बीरगंज भन्सारको सशस्त्र गुल्ममा कार्यरत थिए ।  त्यहाँ पनि असुलीमा विवाद भएपछि बाहिनीले हजारालाई भन्सारबाट हटाएर पथलैया पठाएको थियो । तर हजाराले अहिले बिरगंज बसेर पथलैया डिएसपीको नाममा र भन्सार गुल्मको नाममा हाकिमलाई बुझाउनुपर्छ भन्दै रकम असुली गरिरहेका छन् । अर्का घुमुवा ऋषिले पनि उनकै जस्तो गर्दैआएका छन् । यसबाहेक यी घुमुवाहरूको सेटिङमा भिश्वा, जानकीटोला, सबैढुवा, मिर्जापुर र पकाचैनपुरबाट ठूलो मात्रामा नेपालबाट भारत रक्सीको तस्करी समेत भैरहेको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार