Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितानिवास जग्गा प्रकरणः अदालतमा उपस्थित गुरुङसँग दुई करोड धरौटी माग


    बुधबार, माघ २१ २०७७
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विशेष अदालतले ललितानिवास जग्गा हिनामिना मुद्दामा व्यवसायी मीनबहादुर गुरुङसँग दुई करोड रुपैयाँ धरौटी माग गरेको छ ।

    ललितानिवास जग्गा प्रकरणमा अदालतमा उपस्थित भएकामध्ये यो रकम सबैभन्दा धेरै हो ।

    मुद्दा दायर भएको एक वर्षपछि अदालतमा उपस्थित भएका उनलाई प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको इजलालले दुई करोड रुपैयाँ धरौटी माग गरेको हो ।

    ३९ करोड २७ लाख ६८ हजार बिगो दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार