काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले दरबारमार्गमा माघ २३ गते आमसभा राखेपछि त्यस क्षेत्रका ब्यापारी आतंकित भएका छन् । दरबारमार्ग जस्तो व्यापारिक केन्द्रमा कार्यक्रम नराख्न ब्यापारीहरुले काठमाडौंं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि अनुरोध गरेका छन् । सरकारले नै दरबारमार्गमा कार्यक्रम राखेर ब्यापारीलाई आतंकित बनाउने गरेको छ ।
दरबारमार्गमा कुनै पनि राजनीतिक कार्यक्रम यसअघि हुने गरेको थिएन । कोरोना महामारीका कारण करिब १० महिनादेखि ब्यापारमा घाटा खाएका ब्यापारीहरु २३ गतेको कार्यक्रममा हिंसा भड्कने हो कि भन्ने त्रासमा छन् । हिंसा भड्किएर पसल तोडफोड हुने चिन्ता उनीहरुमा छाएको छ । राजनीतिक दलहरुले रत्नपार्क, भृकुटीमण्डप, माइतीघर मण्डला, बसन्तपुर डबली, नयाँबानेश्वरलगायतका स्थानहरुमा गर्दैआएका छन् । तर सत्ताको उन्मादमा प्रधानमन्त्री ओलीले दरबारमार्गमा कार्यक्रम राखेपछि ब्यापारीहरु त्रासमा छन् ।
यसअघि नेकपा( प्रचण्ड–माधव) समूहले भृकुटीमण्डपमा गरेको कार्यक्रममा ब्यापक उपस्थिति भएपछि सरकार पक्षले त्यो भन्दा बढी भीड देखाउन सामदाम सबै प्रयोग गरी आजैबाट जिल्ला जिल्लबाट पंचर्यालीको शैलीमा मानिस उतार्न लागेको छ । ओली समूहले भोलि आमहड्ताल भएपछि आजैदेखि मानिस ओसार्न जिल्ला जिल्लामा खबर गरिसकेको छ ।