Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकाद्धारा कोरोना भाइरसको उत्पत्तिबारे स्वतन्त्र जाँचको मागः चीनद्वारा ठाडै अस्वीकार


    शनिबार, बैशाख १३ २०७७
    855
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १३ चैत । अमेरिकाले गरेको कोरोना भाइरसको उत्पत्तिबारे स्वतन्त्र जाँचको माग चीनले अस्वीकार गरेको छ । बेलायतमा चीनका शीर्ष कूटनीतिज्ञ चेन वेनले यो माग राजनीतिबाट प्रेरित भएको भन्दै उक्त माग अस्वीकार गरेका हुन् । उनले कोरोना भाइरसविरुद्ध चीनको लडाइँ कमजोर बनाउने कोसिस अन्तर्गत यस्तो माग राखिएको बताएका छन् ।

    चीनको हुबेई प्रान्तस्थित वुहान शहरको पशुपंक्षी बजारबाट कोरोना भाइरस फैलिएको थियो । यद्यपि यूरोपेली युनियनको रिपोर्टमा चीनले कोरोना भाइरससँग सम्बन्धित सूचनाहरु लुकाएको उल्लेख छ । अमेरिकाले त पशुपक्षी बजारबाट नभइ ल्याबबाट भाइरस फैलिएको आशंका गर्दै स्वतन्त्र विशेषज्ञहरुलाई चीन आउन दिएर यसबारे अनुसन्धान गर्न दिनुपर्ने माग राखेको थियो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरससँग सम्बन्धित सूचनासँगै यसबाट मृत्यु हुनेहरुको संख्या पनि चीनले लुकाएको अभिव्यक्ति दिँदै आएका छन् । स्रोतः बीबीसी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार