Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘डेढ दशकमा बालबालिका तस्करी दरमा तीन गुणा वृद्धि’


    मंगलबार, माघ २० २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । विश्वभर बालबालिकाको अधिकारका लागि हजारौँ संघसंस्था रहेपनि उनीहरूको अधिकार संरक्षणमा अपेक्षाकृत सुधार ल्याउन नसकिएको बाल अधिकारका लागि कार्यरत राष्ट्रसंघीय निकायले बताएका छन् ।

    वितेको डेढ दशकमा विश्वभर बालबालिका तस्करी गर्ने क्रम तीन गुणाले वृद्धि भएको लागु औषध तथा अपराधसम्बन्धी राष्ट्रसङ्घीय कार्यालयद्वारा हालै जारी अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । 

    राष्ट्रसंघको अध्ययनले सन् २०१८ मा १४८ वटा देशमा बालबालिकाको अवैध ओसारपसारका करिब ५० हजार घटनालाई सार्वजनिक गरेको छ तर वास्तविक सङ्ख्या योभन्दा अझ बढी हुनसक्ने बताइएको छ । 

    बालिकाहरूलाई मुख्यतः यौनशोषणका लागि र बालकहरूलाई बलपूर्वक श्रम गराउनका लागि तस्करी गर्ने गरिएको राष्ट्रसंघले जनाएको छ ।

    कोरोनाभाइरस महामारीका कारण लाखौँ मानिस कामविहीन बन्न पुगेकाले र बालबालिकाहरू विद्यालय जान नपाइरहेकाले अवस्था झन् खराब हुनसक्ने प्रतिवेदनले औँल्याएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार