Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २ हजार ३० पुग्याे


    मंगलबार, माघ २० २०७७
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

    योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यस्तै नेपालमा आज थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार २८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा २५९ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६६ हजार ८५९ पुगेको छ ।

    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४०० रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार