Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खोटाङमा आगलागी हुँदा ७ लाखको क्षति


    शुक्रबार, बैशाख १२ २०७७
    770
    Shares
  • १ मिनेट पाठ
  • खोटाङ, १२ बैशाख । दिक्तेलबजारका आज एक घरमा आगलागी भएको छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल पोखरीका सिद्धिबहादुर सैंजूको घरमा आगलागी भएको हो ।

    आगलागीबाट जस्ताको छाना भएको दुई तले घरमा आगजनी हुँदा अन्दाजी ७ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख बामदेव गौतमले बताए ।

    बजारबीचमा लागेको आगो प्रहरी, स्थानीयबासी र नगरपालिकाको दमकल प्रयोग गरेर नियन्त्रणमा लिएकाले घर पूर्णरुपमा जल्नबाट जोगिएको छ । विद्युत सर्ट हुँदा सैंजूको घरमा आगलागी भएको अनुमान गरिएको छ । लकडाउनका कारण भीडभाड गर्न नहुने भए पनि आगलागीले विपत्ती निम्तिएपछि स्थानीय जोखिम मोलेर सहयोग तथा उद्धारका कार्यमा निस्किएका थिए ।

    आगोले छिमेकी लक्ष्मीकुमार सैंजूको घरमा पनि क्षति पुगेको छ । बेलैमा आगो नियन्त्रणमा आएका कारण अन्य बजारका घर आगलागीबाट जोगिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार