Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विद्युत प्राधिकरणका कर्मचरीविरुद्ध भ्रष्टाचार मुद्दा


    मंगलबार, माघ २० २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण सर्लाहीस्थित बरहथवा वितरण केन्द्रका इलेक्ट्रिसियन मनोजकुमार पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

    आयोगले पाण्डेलाई सेवाग्राहीसँग ८ हजार रुपैयाँ अतिरिक्त रकम लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

    पाण्डेले विद्युत मिटरको क्षमता वृद्धि गर्नको लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने सूचना आधारमा अख्तियारको शाखा कार्यालय बर्दिवासबाट खटिएको टोलीले चाहिनेभन्दा बढी ८ हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।

    भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको देखिएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार