Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ११ किलो गाँजासहित अटो चालक पक्राउ


    मंगलबार, माघ २० २०७७
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ११ किलो गाँजा बोकेको अटो र त्यसका चालकलाई पक्राउ गरेको छ।

    मंगलबार बिहान ११ बजे प्रहरीले हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित पूर्वपश्चिम राजमार्गबाट गाँजा र अटो बरामद गरेको हो ।

    ना २ ह ४१०९ नम्बरको अटो र त्यसका चालक राजेन्द्रबहादुर दमाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    दमाईको साथबाट ६७ हजार नेपाली र भारु २५०० फैला परेको प्रहरीले जनाएको छ। चालक पर्साको सखुवा पर्सौनी गाउँपालिक-२ का हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार