Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • नागरिक लगानी कोष सञ्चालक समिति अध्यक्षमा घिमिरे नियुक्त


    मंगलबार, भाद्र ३ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नागरिक लगानी कोष सञ्चालक समिति अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् ।

    उनलाई १ भदौको उपप्रधानमन्त्री एवं अर्थमन्त्री स्तरको निर्णय अनुसार अध्यक्ष नियुक्त गरिएको हो । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमा एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका थिए ।

    उनले केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव संशाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धान लगायत विभागमा काम गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार