Nepal Face
  • आइतबार, १० साउन २०८३
  • म्यानमारका बैंक तथा वित्तिय संस्थाहरू बन्द


    मंगलबार, माघ २० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । म्यानमारका बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् । बैंकहरूको कार्यालय बन्द भएसँगै एटीएमले समेत काम नगरेको उपभोक्ताले बताएका छन् ।

    सेनाले नेताहरूलाई थानामा राख्दै सत्ता नियन्त्रणमा लिएको घोषणा गरेपछि बैंकहरूको सेवासमेत बन्द भएको हो । सेनाले सत्ता नियन्त्रणमा लिएपछि इन्टरनेट सेवासमेत अवरुद्ध गरिदिएकाले पनि एटीएमले काम नगरेको हुनसक्ने उपभोक्ताको भनाइ छ ।

    केही बैंकहरूले फेब्रुअरी १ देखि अनिश्चितकालसम्मका लागि बैंकको सेवा बन्द गरिएको सोमबार नै घोषणा गरेका छन् । इन्टरनेट सेवा अवरुद्ध भएकाले बैंक बाहेक पनि अरु दर्जनौँ क्षेत्रमा असर परेको स्थानीयले बताएका छन् । सैन्य शासकहरूले सबैलाई सञ्चार सम्पर्क विच्छेद गराइदिएका छन् । एएनआई

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार