Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यका कोरोना बिरामी मुक्त बन्याे


    शुक्रबार, बैशाख १२ २०७७
    990
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १२ बैशाख । काठमाडौं उपत्यका कोरोनाबिरामी मुक्त भएकोमा प्रधानमन्त्री केपी शर्मा अाेलीले  सन्तोष व्यक्त गरेका छन्।

    प्रधानमन्त्री ओलीले शुक्रबार  ट्वीट गर्दै ८१ वर्षीया ज्येष्ठ नागरिक निको भएसँगै उपत्यकामा कोरोनाका बिरामी नभएको बताए।
    ‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया ज्येष्ठ नागरिक सन्चो हुनुभएसँगै उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको छ,’ उनले ट्वीट गरे, ‘डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु।’

    नेपालमा अहिलेसम्म कोरोना संक्रमित संख्या ४८ पुगेको छ भने नौ जना डिस्चार्ज भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार