Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केन्द्रीय कारागारका कैदीले लगाए कोरोनाविरुद्धको खोप


    सोमबार, माघ १९ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसविरूद्धको खोप नेपालमा पनि लगाउँन सुरू भएको छ । यसैक्रममा सोमबार केन्द्रीय कारागारमा रहेका कैदीहरुलाई पनि खोप लगाइएको छ ।

    सदर जेल सुन्धारा कारागारमा रहेका २ हजार ५ सय कैदीलाई सोमबार कोरोनाविरुद्धको खोप लगाइएको छ। यस्तै डिल्ली बजार कारागारमा रहेका ४ सय ८० कैदीलाई खोप लगाइएको छ ।

    साथै ४१ जना स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइएको छ। अझै ८ सय जना महिला कैदीहरु खोप लगाउन बाँकी रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

    स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह र राष्ट्रिय खोप कार्यक्रमका प्रमुख झलक शर्मा गौतमको उपस्थितमा कैदीहरुलाई खोप लगाइएको हो । भारतले निःशुल्क उपलब्ध गराएको कोभिशिल्ड नामक खोप माघ १४ बाट नेपालमा लगाउन सुरू गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार