Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कक्षा १२ को नतिजा सार्वजनिक


    सोमबार, माघ १९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेकाे छ । परीक्षा बोर्डको आज बिहान बसेको बोर्ड बैठककाे निर्णय अनुसार नतिजा सार्वजनिक गरिएको हो ।

    परीक्षामा नियमित तर्फ ३ लाख १० हजार ३१६ जना सम्मिलित भएका थिए । ती मध्ये सबै भन्दा धेरै जीपीए २ दशमलब ४१ – २ दशमलब ८० मा एक लाख नौ हजार ३१२ विद्यार्थीको ग्रेड वृद्धि भएको बोर्डले जनाएको छ ।

    यस्तै ग्रेडबृद्धि तर्फ ९१ हजार नौ सय जना सहभागी थिए भने आँशिक तर्फ ३१ जार ५५ जना गरी चार लाख ३३ हजार २ सय ७१ जना परीक्षामा सहभागि भएको बोर्डले जनाएको छ ।

    12 gpa.jpg

    नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

    बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।

    कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरू भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।

    12 result 2077.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार